श्री कुमार बिएम/त्‍यसको चाल-ढङ्ग हेर्‌ (के हो त् बास्तबिक कमिलाको चाल जहाँ बात हामी बुद्धिमानी बन्न सक्छौ?)
1. कमिलाहरु योजनाकार हुन्छन:- जब बर्षात समय आउछ तब तिनीहरुले हिउँदको समयको लागि खाना आफनो निवासमा जम्मा गर्न थाल्छन, जब हिउदको समय आउछ तब सहनै नसकिने चिसो बढिरहेको हुन्छ तब तिनीहरुको निवासमा कहिले पनि कुनै कुराको अभाव हुदैन | यसको मतलव यहि हो की कमिलाहरुले पछी आउने कुराको निम्ति तिनीहरुले योजना बनाएर काम गर्दा रहेछन, | एउटा जमिनमा हिड्ने कमिलाले आफु बाच्नको समयमै योजना बनाई मेहनत गरेर आपनो निम्ति भोजन प्रष्टै संजय गर्नछन भने हामी त झन् पृथ्वी सबैभन्दा चेतनशील प्राणी हौ त्यसै परमेश्वरले दिनुभएको हरेक दिनलाई योजना रही मेहनत गरि सफलतामा गन्तब्यमा प्रबेश गरौ, ताकी तपाईले पाउनुभएको यो एक्लो जीवन सधै सुखमय र आनन्दित बह्निरहोस |
2. कमिलाहरू समूहमा काम गर्छन (त्‍यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन,):- हामी सधै हाम्रो वरीपरी कमिलाहरुले काम गरिरहेको देख्दछौ तिनीहरु हरेको कुराहरु मिलाप वा संगै काम गरिरहेका हुन्छन| तिनीहरु सबै कुरा आफ्नो निवासको फाइदाको लागि मात्रै गर्छन रे साथै काम नसकेसम्म निरन्तर गरिराखछन रे | यिनीहरु मध्ये कतिले बास बनाउने, कतिले बासको लागि सामान बोक्ने अनि कतिले खानाहरु खोजिरहेको हुन्छन रे भन्नेकुरा खोज अनुसन्धान बिज्ञानले पत्ता लगाएको छ | एउटा हाम्रो कपालको रौ जतिकै आकार भएको किराले त हामी मिलेर काम गर्नुपर्छ, मिलेर बस्नुपर्छ भन्ने नैतिक चेतना छ भने हामी त झन् सारा पृथ्वीलाई अधिकार गर्नको लागी बनाईको सर्बश्रेष्ठ प्राणी हौ | त्यसैले संसारबाट मरिलानु के छ हामी मिलेर हरेको कुराहरु गरौ अनि संसारलाई शान्तिमय, आनन्दमय र रमणीय बनाऊ | ताकी सबै मानिसले परमेश्वर यो सुन्दर सृष्टिमा रमाउन सकुन |
कमिलामा दिने आत्मा हुन्छन:- प्रायजसो हामो वरिपरी बातावरण देखिराख्छौ की कुनै कमीले कुनै कुरा भेटायो भने उसले सबै बोलारहेको हुन्छ यो बात हामी के थाहा पाउँन सक्छौ भने कमिलाले जुनसुकै कुरा पाए पनि बाद्छन, तिनीहरुले कहिले पनि एक्लै खादैनन् तिनीहरुले दिने कुराको महान उदाहरण देखाएका छन, तर हामी मानव जाति के गर्छौ त? यदि हामी ले कुनै कुरा पायौ भने हामी तुरुन्तै कुनै गुप्त ठाउमा लुकाउने प्रयास गर्छौ, सायद हामी थोरै संग मात्र छ होला कसैलाई दिएर पाएको खुसिको अनुभव को घटना……. त्यसैले हामी लिएर होइन दिएर बाचौ ताकी तपाईको जीवन बाट धेरै मानिस आषिसित बनोस……अनि संसार कुनै पनि मानिस अभाव नबाचोस |
Point 2 तापनि ग्रीष्‍म ऋतुमा त्‍यसले अन्‍नको भण्‍डार तयार गर्छ र कटनीको समयमा आफ्‍नो खानेकुरो सञ्‍चय गर्छ
कमिलाले समयमा काम गर्छ:- बाइबलको सबैभन्दा बुद्धिमान राजा सलोमोन पनि कमिलाको सक्रिया स्वबाभलाई देखेर अति नै आकर्षक भएका थिए, तेही भएर हितोपदेश ६:६-८ उनि भन्छन ए अल्‍छे, कमिलाकहाँ गएर त्‍यसको चाल-ढङ्ग हेर्‌ र बुद्धिमानी बन्‌! त्‍यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्‍म ऋतुमा त्‍यसले अन्‍नको भण्‍डार तयार गर्छ र कटनीको समयमा आफ्‍नो खानेकुरो सञ्‍चय गर्छ।
कमिलाहरु संग काम गर्नको लागि प्राकृतिक season छ कमिलाले बर्षातको seasonमा काम गर्छ तर हिउँदको season मा चाहि बसेर खान्छ, हामी पनि हाम्रो जीवनमा हरेक कुरा गर्नको निम्ति समयतालिका बनाउनु छ कारण हामी समय अनुसार मेहनत र परिश्रम गर्न सकौ हाम्रो भविष्यको निम्ति सुखमय र उज्ज्वल भनोस |
कमिलाहरु लक्ष्य प्रति निरन्तर लागिराख्छन: जहिले पनि कमिला हिड्ने बाटोमा बाधाहरु आउछ तर बाधाको बावजुत पनि बाटो खोजेर निरन्तर हिदिरहन्छन हामो पनि कमिलाबाट के सिकौ भने हामी जीवनको यात्राहरुमा जस्तोसुकै अवरोध र बाधामा पनि हाम्रो काम र लक्ष्यप्रति लागिराखौ, हुनत जीवनमा धेरै बाधाहरु छन् तर त्यो बाट कमिला जस्तै अर्को बाटो अपनाएर भए पनि हामी हिडौ एकदिन पक्कै सफलताको शिखरमा पुग्ने छौ र तपाई पक्कै पुग्नुहुनेछ |

Leave a comment

Trending

Design a site like this with WordPress.com
Get started