श्री कुमार बिएम/पुर्बी रुकुम
* सुसमाचार तपाईंको कुनै ब्यक्तिगत जीवनको चाखलाग्दो गवाही पनि होइन!
* सुसमाचार कुनै थिचोमिचो परेकाहरुको लागि गरिएको उद्दारको कामहरु पनि होइन!
* सुसमाचारको लागी परमेश्वरसङ्ग भएको असल योजनाहरु पनि होइन !
* सुसमाचार कुनै असल स्वास्थ, धनसम्पत्ति र समृद्धिहरुको स्रोत पनि होइन!
* सुसमाचार कुनै ठाउँमा मौरी भन्केको जस्तो आवाजको सन्देश प्रचार पनि होइन!
* सुसमाचार कुनै अनैतिक मानिसहरुलाई नैतिक र सभ्य बनाउने Moral Codes पनि होइन!
* सुसमाचार कुनै शारीरिक रोगी मानिसलाई निरोगी र  भौतिकरुपमा गरिब मानिसहरुलाई धनी बनाउने मेडिकलिक  र ब्यापारीक साधन पनि होइन!!
* सुसमाचार कुनै तपाइको जिविकापाजर्न गर्ने पेशा पनि होइन!!

[तर सुसमाचार त यो हो कि सबै मानिसहरु पापी छन र तिनीहरु पापको दास्वत्व मुनि छन, अनि ति पापी  मानिसहरुको पापको लागी परमेश्वरको सित्तैको अचुक अनुग्रह, येशु ख्रीष्टको सित्तैको कलवरी बलिदान र पापी मानिसले परमेश्वरबाट पाएको सित्तैमा उपहार “बिश्वास” मार्फत हुने मुक्तिको लागि एक असल सन्देश हो!!]

Leave a comment

Trending

Design a site like this with WordPress.com
Get started