श्री कुमार बिएम (पुर्बी रुकुम) आज म यस लेखमार्फत बाइबलका एकजना समर्पित प्रभुका सेवक जसले आफ्नो सबै सम्पनताहरु छोडेर प्ररमप्रभुको सेवामानै आफैलाई समर्पण गरे थिए अनि उनिदारा नै प्ररमप्रभुले इतिहासमा एउटा महान कार्य सम्पन गर्नु भएको थियो ति शक्तिसाली प्रभुका कुशल र धारिलो सेवक को थिए त् इतिहासमा ? पकै पनि ति थिए येरुसलेमको पर्खालको निर्माता वा निर्देश राज्यपाल नेहेम्याह, इतिहासका एक विशेष जाति वा इस्राएली जाति जो परमेशोरबाट प्रशस्त अनुग्रह र कृपा पाएको जातिमा पाप, अधर्म, र अनैतिक कुराहरुले अतिनै सिमा पार गरेपछि ति सबैकुरामा प्ररमप्रभु अतिनै रिसाउनु भयो, अनि आफुले चुनेको जाति वा इस्राएली जातिलाई ७० बर्षको लागि कल्दीहरुको देश बेबिलोनका राजा नबुकदनेसरको दासत्वमा सुम्पीदिनुभयो, जो निष्ठुर र उग्र जाती, जो अर्काको बासस्थान खोज्न सारा पृथ्वी भरीनै बदेर जान्छ, तिनीहरु आफैमा आपनो ब्यबस्था हुन् र तिनीहरुका घोडाहरु चितुवा भन्दापनि जाडो कुट्ने र बेलुकी निस्कने ब्वासोहरु भन्दा पनि क्रूर छन्,(हबकुक१: ५-९),
७०वर्षको दासत्व पछि इसापुर्ब ५३९ मा फारसका राजा कोरसले बोबिलोनलाई पराजित गरे यसरी अगमबकता यर्मियादारा घोषणा गरिएको भाबिश्यवाणी अक्षररसह पुरा मात्रै न भई समाज बैज्ञानिक तथा भबिष्यबक्ता हबकुकलाई परमेश्वरले गर्नु भएको प्रतिज्ञापत्र पनि परमेश्वरको प्रेम सधै आफ्नो जाति प्रति बन्ने एउटा महान इतिहास हामी सबैको सामु उडिरहेको छ, त्यसपछि फारसका राजा कोरसले इस्राएलीहरुलाई आफ्नो भुमि येरुसलेम आउन र येरुसलेम मन्दिर पुर्नस्थापनाको लागि उर्दी सहित अनुमति दिए र तिन वटा झुण्डमा रहेर अर्थात् येरुबाबेल, एज्रा र नहेम्याहको नेतृत्वमा इस्राएलीहरु आफ्नो भुमि अर्थात् येरुसलेम यसरी फर्के, जब पहिलो समुह अर्थात् येरुबाबेल समुहमा ५३८ इसा पुर्बमा ४७,८९७ जनाको संख्याहरु मा फर्के, अनि फर्केको सातौ महिनासम्म सम्म उनीहरुले आफ्नो आफ्नो बास्थानहरु स्थापना गरे किनकि ७० बर्ष पछि येरुसलेम फर्कदा उनीहरु सबै कुरा भताभुंग र तहसनहस भएको थियो, यो बिध्वश इतिहासलाई बाचन गरिरहदा हामीहरु कति जनाको जीवन जिउने प्रकिया र बाटोहरु अस्तव्यस्त र अन्योलतामा गुर्जिराखेको होलान अथवा कति जना बर्षौ देखि परिवार, समाज, मण्डली, र देशको सम्बृदीको लागी लडी राखेता पनि अझै सबै कुराहरु मिलाउनै नसकिला जस्तो गणितीय हिसाब जस्तै छन् होला तर पनि तपाईको त्यो स्वार्थी वा निस्वार्थी आशा र भरोसालाई परमप्रभु प्रति ठदाई राख्नुहोस हामीलाई पकै पनि प्ररमप्रभुले यो अन्योलता र अस्तव्यस्त जिन्दगीको लडाई बात एक दिन अनन्त अनि अनन्त बिजयको आन्नद महान चाड पकै मनाउन अवसर दिनुहुन्छ. जसरी परेमेस्वरले इस्राएलीहरु दिनु भएको थियो, यहि नै परमेश्वरले आफ्नो एकमात्र पुत्र संसारमा पठाउनु प्रमुख कारण थियो
सातौ महिनासम्म उनीहरुको सबै बासस्थानहरु पुर्नस्थापना गरिसकेपछि, उनीहरु सबैजना मन्दिरको पुर्नस्थापनाको लागि येरुसलेममा जम्मा भए र तिनीहरुको आफ्ना वरिपरीका जनताहरुको डर तिनीहरुमा भएता पनि तिनीहरुले बेदी र त्यसको जग माथि निर्माण गरे र त्यसै बेदीमा तिनीहरुले परमप्रभुको निम्ति बिहान र बेलुका दुवै समय बलिदानको होमबली चदाए साथै, जब बनाउनेहरूले परमप्रभुका मन्दिरको जग बसाले, तब पूजाहारीहरूले आफ्ना पोशाक लगाएर तुरहीका साथमा, र लेवीहरू (अर्थात् आसापका छोराहरू) झ्यालीको साथमा इस्राएलका राजा दाऊदले तोकिदिएको रीतअनुसार परमप्रभुको प्रशंसा गर्न आफ्नो-आफ्नो स्थान लिए। तिनीहरूले स्तुति गर्दै र परमप्रभुलाई धन्यवाद दिँदै यसो भनेर गाए, “उहाँ असल हुनुहुन्छ,उहाँको करुणा इस्राएलमाथि सदासर्वदै रहिरहन्छ।” अनि परमप्रभुका भवनको जग बसालिएको कारण सबै मानिसहरूले ठूलो सोरले परमप्रभुको स्तुति गरे। तर अघिको भवन देखेका धेरै जना वृद्ध पूजाहारीहरू, लेवीहरू र परिवारका मुखियाहरू भवनको जग बसालेको देखेर रोए र चर्को सोरले विलाप गरे, र अरू धेरैचाहिँ आनन्दले जयजयकार गरे। आनन्दले कराएको सोर र रोएको सोर कसैले ठम्याउन सकेन, एज्रा ३:१०-१३मा जसतै हामी मध्ये कतिजनाको जीवन जब शैतानको दासत्वमा सामाधान गर्ने नसकिने हिसावले जेलिएको थियो तब परमेश्वर आपनो सुन्दर सृष्टि अचुक प्रेम गरेर इस्राएली जातिलाई जस्तै ख्रिस्ट येशु हामीलाई हजारौ पुस्ता देखि पुस्ता सम्मको पापको बन्दनलाई चुदालन फारसका राजा कोरस रुपमा यो भ्रष्ट संसारमा मानिसजातिको लागि पवित्र, शान्ति, आसा, दया, छुटकारा, र अनन्त जीवनको मन्दिरलाई पुर्नस्थापना गर्न आउनु भयो, अनि आज बिश्वब्यापी मण्डलीहरु त्यही आनन्दको साथ् जयजयकार गरिरहेका गरिरका छन, आज यो नै बिश्व ब्यापी मण्डली लागी सबै ठुलो जिउने आसा र सन्तुष्टिको भोजन बनेको छ,
तर विडम्बनाको कुरा, जहाँ मान्छेहरु उन्नतिको मार्गमा लम्किराखेका हुन्छन त्यहा अनेकौ बिक्न बाधाहरु तगारो बनेर आइदिन्छ, त्यसतै इस्राएलीहरुको पहिलो समुहले मन्दिरको पुर्ननिर्माणमा दुर्तगति दौदिराखेका थिए तब त्यस देशका मानिसहरुले र युफ्रेतिस नदि पारीका प्रान्तका मानिसहरुले यहुदीहरुको मन निरास गराउन र त्यो भबन निर्माण गर्ने काम बिथोल्न कपटपूर्ण षड्यन्त्रहरु रचे र तिनीहरुले मन्दिर र शहर निर्माण गरे भने तिनीहरुले राजकर, आयकर, अथवा महसुल तिर्ने छैनन अनि आखिरमा राजसत्तामा हानि हुनेछ भने नक्कलको चिठी युफ्रेतिस नदि पारिका प्रान्तका मानिसहरुले त्यस समयका फारसी राजा आर्तासास्तलाई पठाए र फारसी राजा आर्तासास्तले यी सनर्भहरुमा कुरा खोज र अनुसान्धनहरु गरे अनि उत्तरमा उनले यस बिषयमा म बात उर्दी नआउनजेल त्यस मन्दिर पुननिर्माण नहोस” भनेर खबर पठाए अनि जब राजाले पठाएको यो निरासलाग्दो समाचार युफ्रेतिस नदि पारीका मानिसहरुले प्राप्त गर्ने बित्तिकै उनीहरु यरुशलेम गएर यहुदीहरू जबरद्स्तीका साथ् निर्माणकार्य रोक्न लगाए यसरि नै प्रमप्रभुको भबनको काम रोकियो र यो मन्दिर निर्माणका काम ईसापुर्ब ५३८- ५२० अर्थात १८ बर्षसम्म साथै दारा राजाको राजत्वकालको दोस्रो बर्ष सम्म रोकी रहेको थिए, यो बाधा र बिरोधजनक इतिहासलाई तपाई समकक्ष बिस्तृत दंगले निवन्धको रुपमा व्याख्या गरिरहदा, मलाई नेपाली मण्डली भित्र लुकेको एउटा निरासलाग्दो कुरा कोट्याउँन मन लागो, हामी सबैलाई स्पष्ट रुपमा थाहा छ कि नेपाली मण्डलीहरु च्याउ उम्रेको र बृदि भएको जस्तै दुर्तगतिमा बृदि र सम्बृदीमा लम्किराखेका छन्,जो इतिहासमा कोहि कसै बाट पनि कल्पित गरीएको थिएन, बृदि र समृदी भईरहदाखेरि हाम्रो देशमा ओली नेतृत्वको सरकारले नेपाली मण्डलीको सुसमाचारको मन्दिर निर्माण काममा फारसी राजा जस्तै बन्द गर्नको उद्री घोषणा गरिको छ भने उता नेपाली मण्डली भित्रै पनि कतिपय नाम र दामको पछी लागेका अ गुवाहरुको बिचमा एकले अर्कोलाई सिद्धान्त, सम्रदाय, बिदेशी दाताहरु, पैसा, जनशक्ति आदि स्रोतहरुको सन्दर्भलाई पवित्र बाइबल सहित झोला भित्र भोकेर र चर्को रुपमा बिरोध र मुतभेद वा मनमुटावको परमपराग्त बाजा बजाईराखेका छन्,जस बात निस्केको अवैधपूर्ण ध्वनिप्रदूषणले निस्वार्थ र निष्पक्ष रुपमा बृदि भईरहेका नेपाली ख्रिष्टयान मण्डलीहरु अर्थात मन्दिरहरु निर्माणका कामलाई अत्यन्तै बाधा र बिरोधि जस्तै शक्तिशाली हरियार भनेको पाइन्छ,
तर पनि, म भरोसा गर्दछु समय नै त् हो आज यहाँ धमिलो छ भोली चम्किलो हुन्छ कि भने मेरो आसा छ, यहि आसालाई पर्खिराखेका यहुदीहरुको आसा निरासामा रुपान्तरण हुन पाएँन किनकी परमेश्वर साथै आपनो समयमा काम गर्नु हुन्छ, हाग्गै अगमवक्ता र इद्दोको वंशका जकरिया अगमवक्ताले यहूदा र यरूशलेममा भएका यहूदीहरूलाई तिनीहरूमाथि प्रभुत्व गर्नुहुने इस्राएलका परमेश्वरको नाउँमा अगमवाणी बोले। तब शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले यरूशलेममा परमेश्वरका भवनको पुनर्निर्माण गर्न थाले। (एज्रा ५:१-२) तरैई पनि पूर्णरुप उनीहरुले मन्दिरलाई पुर्नानिर्माण गर्ने शुईक्रिति पाएका थिएँन अनि फेरी उनका बिरोधि तथा शत्रुहरुलाईआएर पहिले झैँ आएर बिरोध सिर्जना गरे तर यहाँ एउटा आनन्दको सन्देश के छ भने तेही बिरोध नै येरुसलेम मन्दिर पुर्नानिर्मानको लागि आर्थिक र सफलताको स्रोत बन्न पुगेको कुरा बाइबलले हामीलाई स्पष्ट गर्दछ,
जब येरुसलेममन्दिर पूननिमार्णको ईश्वरिय प्रक्रीयालाई फेरी पहिले जस्तै पुन:प्रतिबन्धको गर्नको लागि इतिहासमा कोरस राजाले घोषणा गरेको मन्दिर पुननिर्माण सम्बन्धि आज्ञा-पत्रलाई खोजतलासको माग गर्दै युफ्रेतिस पारीको प्रान्तका राज्यपाल तथा उनका अधिकारीहरुले त्यसबेलाको शासक तथा महाराजा दारालाई लिखित चिठी पठाए, यस कुराले यसपाली पनि यहुदीहरूलाई केहीहत पर सम्म उराद र निरासजनक बनाएता पनि परमेश्वरको अचुक कृपा सधै आफ्नो जाति प्रति भने भनाई जस्तै प्रभप्रभु फारसी दारा राजा संग हुनुभयो अनि आफ्नो जातिको भलाई र उन्नतिको लागि आफ्नो मिसनलाई निरन्तरता गर्दै सत्यता अर्थात फारसका राजा कोरसले घोषणा गरेको आज्ञा वा स्मृति-पत्रको अभिलेखको उर्दी प्रस्तुत मात्रै गरेन तर झन् मन्दिर पुननिर्माणको लागी सम्पूर्ण खर्च, तिनीहरुलाई चाहिएको समपूर्ण आबश्यकता दिनहु नबिराइकन, जो उनीहरुको शत्रु र बिरोधी अर्थात् युफ्रेतिस पारिका प्रान्तबात उठेको करबाट र राजकिया कोषबाट दिने यहुदीहरूले कहिले नसोचेको उर्दी गरे अनि ईशापूर्व ५१६मा अर्थात दारा राजाको छैतौ बर्षको आदर महिनाको तेस्रो दिनमा मन्दिरको पुननिर्माणको सम्पन र समर्पण तिनीहरुले गरे, यसरी परमेश्वरले चर्को बिरोध र बिरोधीहरुलाई शक्तिशाली खम्बा र भर्याङ अर्थात साधन रुप प्रयोग गरि परमेश्वरले आफ्मो समयमा सबै काम सुन्दर बनाउनु हुन्छ भन्ने बाइबल धर्मशास्त्रको बचन अक्षरस पुरा गर्नु भयो, यो शक्तिसाली परमेश्वरको कामको इतिहासलाई तपाइँ समक्ष चाखलाग्दो कथा जस्तै बाचन गरिरहदा तपाई हामी मध्ये कति जना कुनै नया मिसन र काम अर्थात जुनसुकै कुराको सुरुवात जोसिलो यात्राको क्रममा तपाई गहिरहदा तपाइको प्रतिपक्ष र तपाई भन्दा अगिल्लो पुस्ता, जसले तपाइको उन्नति र सफलताको ईर्या र डाह गर्दछन, तपाईको काम प्रति बिरोध र असमर्थनले तपाई निरासजनक बनाई तपाईको काम रोकिराखेको छ भने यो बचनलाई मनन गर्दै आफैलाई उत्साहित बनाउदै प्ररमेस्वरले आफ्नो समयमा सबै कुरा सुन्दर अनि आषिसित बनाउनु हुने छ भने प्रकार आसा मन भित्र बोकी निरन्तर प्रमप्रभुमा बिश्वास र भरोसा गर्नको निम्ति तपाईलाई नम्र अनुरोध गर्दछु………………………………………………………………………………..
यी घटनापछि फारसका राजा अर्तासास्तको राजत्वकालमा फेरी बेबिलोनबाट यहुदीहरूको द्रोसो समूह जो प्रधान पुजारी हारुन बंशका अति निष्ट भक्त तथा पुजारी एज्राको नेतृत्वमा इसापुर्ब ४५८ मा आफ्नो भुमि अर्थात येरुसलेम आए, उनि एउटा असल सेवक र साँचो परमेश्वरको काम र बचन प्रति बिश्वास गर्ने अति कुशल भक्त थिए, जसले यहुदीहरुलाई परमेश्वरको बचनबाट मानिसहरुलाई सिकाईकन मानिसहरुमा साँचो पचतापी हृदय उत्पादित गरिकन शुद्दिकरण गर्ने काम गरे र इस्राएलमा ठुलो जागृति लिएका थिए ,
अब भने म यस घटनाका अन्तिम हेरो तथा आर्तासास्त राजाका मध टक्र्याउनेहरुको अधिकृत हकल्याहका छोरा नहेम्याहको जीवनबाट भएका उत्साहित पूर्ण इतिहासलाई व्याख्या गर्न लागिरहेको छु, हरेक दिन समय निरन्तर आफनो गतिमा बगिरहन्छ, यो निरन्तर बगिरहने समयको अन्तरालसंगै थुप्रै तिता, मिठा घटनाहरु घट्नु साथै हरेक थोकहरू परिवर्तित हुदछन, जसबाट हामीले केहि नौलो कुरा प्राप्त गरेको र घुमाएको जस्तो मनमा महसुश गरेता पनि प्रभप्रभुले हामीलाई उहाको आलोकिक र अचुक कृपा भित्र छोपेर आफनै सन्तान जस्तै डोर्याइराख्नु भएको छ, यसै अन्तरालमा करिबन इसापुर्ब …. मा पनि जब युहुदाका एकजना मानिसले येरुसलेमबात फारसको राजदानी शुशनमा आई निर्वासनबाट फर्केका मानिसहरुले येरुसलेम सार्है दुख र निन्दा सहनु परेको कुरा अनि येरुसलेमको पर्खाल भत्काईको र त्यसको मूल दोकाहरु आगोले नष्ट पारिएको कुरा जब फारसका राजा अर्तासास्तको मध टक्राउनेहरुको अधिकृत नहेम्याहले सुने तब यो यहूदाको पिडादायक खबर उनको मनलाई अत्यन्तै भाबुक र बिबश बनाई रहयो, अनि उनि केहि दिन सम्म रुदै, बिलाप गर्दैरहे,अन्त; उनले बीसौ बर्षको किसलेव महिना देखि नीसान महिना अर्थात करिबन ४ महिना सम्म आसु बगाउदै उपवास बसे र उनको त्यो बिबश बेदनालाई स्वर्गका परमेश्वरको समिपमा प्रार्थानास्वरूप हस्तान्तरण गरिदिए, तिनको प्रार्थनामा पापको शुइकार, परमेश्वरलाई उहाको बचन स्मरण गराउने कार्य, परमेश्वरको महिमा र उदेश्यप्रतिको सरोकार, र इस्राएलका मानिसहरुको, राजाको कृपाको निम्ति खुरन्दार मध्यस्थ- बिन्ति समाबेश थियो, हामीले पनि अरु मानिसहरुबाट कुनै कुरा प्राप्त गर्ने चाहाना गर्दा हाम्रो सरोकारहरु सबैभन्दा पहिले परमेश्वरमा जाहेर गर्नुपर्छ, त्यस पछि उहाले आफ्नो इच्छा पुरा गर्न प्रभावशाली अगुवाहरुका हृदय र मनलाई चलाउनु हुन्छ, फलस्वरूप हाम्रा आधिकाश आकांक्षाहरु पुरा हुद्छन्, प्रार्थना नहेम्याहको पहिलो प्राथमिकताको कार्य जस्तै बनिरहेको थियो एउटा कुशल प्रभुको सेवकको यी बिधि नित्तान्त जरुरी देखिन्छ, राजाको प्रश्नको जवाफ दिनु भन्दा पहिलो तिनले सहायता र बृदिको निम्ति परमेश्वरसंग प्रार्थना गरे फलस्वरुप उनको त्यो राजमहलको धन्यादे जीवनलाई त्यागेर यहुदीहरुको त्यो बिबश पिडामा मलमपति बन्ने र आगोले नष्ट पारिएका मूल ढोकाहरु र भग्नाशेष तथा तहस-नहस भत्किएको पर्खाल निर्माण गने आकांक्षाहरु पुरा हुनआए अनि ति सबै प्रस्श्ता तथा उच्चस्तरीय जीवन यावनलाई छोडेर गरिवी र संकष्टमा उनिएर जीवन व्यतित गरिराखे आफनो यहुदी जातिको उदार, उन्नति, दुखमा सामेल हुन् येरुसलेम आए.
राजदरवार भित्रको धन्यादे जीवनस्तरमा पनि यो भाबुक र बिबशले छताछुल्ल भएको अत्यन्तै गहन सेवाको चिन्ताजनक नहेम्याहको जीवनचक्रको इतिहास भित्र प्रबेश गरेर त्यहाँको दृष्यलाई titanic चलचित्र जस्तै हेर्दा र नहेम्याहको आफ्नो जातिको प्रति दिएको महान बलिदान र चिन्तित ह्रदयलाई एउटा सामन्ने निवन्ध बाचन कलाबाट प्रस्तुत गरिरहदा, मलाई बिश्वका बिकाससिल मुलुकहरुमा साथै नेपाल कै भिविन्न नामी शहरमा बसेर पैसा र शक्तिको निम्ति मात्रै सेवाकाई गरिरहेका आधिकाश अवशरबादी नेपाली इसाई अगुवाहरुको जीवनचक्रको सम्जना आइरहेको छ, जसदारा अहिले सम्म नहेम्याहको जीवनबाट supply गरिरहेता पनि apply भने नगरेको पाईन्छ, जससंग आज धन्यादे जीवनयापन र उच्चस्तरीय शैक्षिक योग्यता ले भरिपूर्ण मात्रै नभएर नेपाली ग्रामिण समुदायमा रहेका मण्डलीले भागिरहेका कथा ब्यथाहरु कण्ठ भएता पनि नेपाली राजनेताहरुलाई कुर्शी छोडन मन नलाग्ने अल्छी बानी जस्तै भएको छन्, धेरैले सेवाकाईलाई आफ्नो जिबिका पार्जनको स्रोतमात्र नबनाएर उच्चस्तरीय समृदी प्राप्त गर्ने साधन बनाएका छन् भने कतिले सेवाकाई एउटा मानबिय प्रयास बात हुने सफल कार्य हो भनेर ढोगीहरु जस्तै खुरन्धार लागिरहेका छन् भने कति जना सेवकहरुले रामरी सुसमाचार र बाइबलिय मुक्ति संरचना बुझेकै छैनन्. यो प्रकार र अबस्था गुर्जीरहेको सेवाकाईलाई कहिले र कसले बास्तबिक मार्गनिर्देशन दिने यो कस्तो विडम्बना ग्रामिण समुदायहरुमा रहेको मण्डलीहरुको……………………….



Leave a comment